काठमाडौँ,१८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्।
आफ्नै निवास बूढानीलकण्ठमा चैत २० गते बस्ने गरी देउवाले बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा आगामी बैशाख १५ गते हुने उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने बारे देउवाले छलफल गर्न लागेका बुझिएको छ।
कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठकमा छलफल गरेर इलाम २ र बझाङको प्रदेश सभामा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने देउवाको तयारी छ।