विराटनगर,१६ चैत ।
राप्रपाले चैत १९ गते विराटनगरमा आमसभा गर्ने भएको छ । जिल्ला र क्षेत्रहरुलाई सक्रिय बनाउन आमसभा गर्न लागेको हो ।
पार्टीका मोरङ प्रवक्ता तथा प्रचार विभाग प्रमुख सन्जय विक्रम अधिकारीका अनुसार उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन , बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री प्रलादप्रसाद शाह, प्रबक्ता ज्ञानेन्द्र शाही ,केन्द्रीय प्रवक्ता भक्ति सिटौला , कोशी प्रदेश अध्यक्ष राम थापा , मोरङ अध्यक्ष गोपाल कटवाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राप्रपाले उठाउदै आएका विषयहरु जनता तथा कार्यकर्तामाझ पुर्याइने उदेश्यका साथ कार्यक्रम गर्न लागिएको अधिकारीले जानकारी दिए ।