काठमाडौं ,११ चैत । नेकपा एमालेले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इलामका दुइ निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो । गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि सुवासलाई यस क्षेत्रका मतदाताले जिताएर पठाएका थिए । तर पहिलो पटक झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग सुवास विजयी भएका थिए ।
गत भदौमा सुवासको निधन भएपछि रिक्त रहेको त्यो क्षेत्रमा उनका कान्छा पुत्र सुहाङलाई उठाउने एमालेको निर्णय आजै सार्वजनिक भएको हाे । नेपाली कांग्रेस र अरु पार्टीले उम्मेदवार घोषणा गरिसकेका छैनन् ।