Birat Post शनिबार, चैत्र १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१० चैत ।
नेपालको राजनीति र व्यवस्थाका विषयमा नजिकबाट नियालीरहेको अमेरिका एउटा सहयोगी देश हो । नेपाली भाषीको संख्या पनि अमेरिकामा धेरै नै भइसकेको  छ। कतिपय नेपालबाट गएका बुद्धिजीवीहरुले नेपालको विषयमा भइरहेका घटनाक्रमको विश्लेषण गरेर बुझाउने काम पनि गर्ने गरेको पाइन्छ । यसैले होला त्यहाँका शाषक नेपालाई अझ नजिकवाट चिन्छन् ।

यद्यपी नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको तथ्य बाहिरिएको छ । यो घटनाको सार्वजनिक भने त्यहाँका एक सांसदले दिएको अभिव्यक्तिनै हो ।

फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरिएको भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए ।

दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । आफूले दिएको प्रस्तुतिलाई मास्ट आफैंले शुक्रबार ट्वीटरमा राखेपछि भने यसको चर्चा अमेरिकामा रहेका नेपाली र नेपालमा समेत चर्चाको विषय बनेको छ । अहिले पनि नेपालमा सनातन धर्म विरोधी क्रियाकलाप भइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
अध्यादेशबाट देश चलाउनु गलत हो : डा.शेखर कोइराला
हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’
हिसान मोरङले खेलसप्ताह आयोजना गर्दै, करिव १७ सय विद्यार्थी सहभागी गराईने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल