Birat Post आइतबार, चैत्र ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

इलाम , ४ चैत । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले आसन्न उपनिर्वाचनको उम्मेदवार चयन गर्न छ जनाको नाम सिफारिस गरेको छ । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेबाट ६ जना आकांक्षी देखिएका छन् । आकांक्षीहरु सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राई रहेका छन् ।

उनीहरु छ जनाकै नाम केन्द्रमा सिफारिस गरेर पठाएको एमाले इलामले जनाएको छ । आवश्यक निर्णय लिने अधिकार केन्द्रलाई रहेको र केन्द्रको निर्णय स्वीकार गरेर उपनिर्वाचनको तयारीमा होमिने पनि एमाले इलाम कमिटीले जनाएको छ ।

गत २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङ विजयी भएका थिए । उनको निधन भएसँगै उक्त क्षेत्र जनप्रतिनिधिविहीन बनेको थियो । उम्मेदवारका आकांक्षी सुहाङ सुवास नेम्वाङकै कान्छा छोरासमेत हुन् । यस पटकको उपनिर्वाचनमा उनलाई एमालेले उम्मेदवार बनाउने सम्भावना प्रवल रहेकोसमेत बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल