Birat Post शनिबार, चैत्र ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ चैत्र/ विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् ।

अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको छ । सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताउनुभयो । महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाउनुभयो । “महानगर रोजगार मेला भव्य रुपमा सम्पन्न भएको छ । यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु,” मेयर कोइरालाले भन्नुभयो, “भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला पनि प्राप्त भएको छ ।”

कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताउनुभयो । हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले मात्रैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गर्नुभयो । रेमिट्यान्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दुरगामी असर पारिरहेको उहाँको भनाइ थियो । खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई–मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै गएको मेयर कोइरालाले बताउनुभयो ।

उहाँले महानगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए अब रोजगारी प्राप्त गर्ने अवस्था नरहेको मेयर कोइरालाले बताउनुभयो । विराटनगरका सामुदायिक विद्यालय र महानगरले सञ्चालन गरेको बहुप्राविधिक विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थीले कम्प्युटर इन्जिनिरिङ, सिभिल जियो मेट्रिक, आर्टिकेटलगायतका विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गर्नुभयो । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई जोड्न सफल भएको उहाँको भनाइ थियो । समापन समारोहमा नेपाल तालिम तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले रोजगार मेला सफल भएको बताउनुभयो ।

कार्यक्रममा मेला आयोजना गर्न सहयोग गर्ने संघसंस्था, कर्मचारी, स्टललगायतलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल