Birat Post शुक्रबार, चैत्र ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ चैत्र । स्थानीय र प्रदेश सरकारले दलित महिलाहरुलाई प्राथमिकतामा राखेर बजेट छुटयाउनुपर्नेमा जोड दिइएको छ । नामका लागि मात्रै रकम छुट्याउदा सम्वन्धित पक्षसम्म सेवा प्रवाह नपुगेको गुनासो दलित महिलाहरुको छ ।

विराटनगरमा शुक्रबार मोरङका सञ्चारकर्मीहरुसंग बोल्दै अधिकार सम्वन्ध संस्था दलित महिला संघ मोरङले दलित हक अधिकारका क्षेत्रमा महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम समेटिने गरी बजेट छुट्याउन सरकार संग आग्रह गरेका छन् । नामका कार्यक्रम भन्दा साच्चिकै जीवनविकासमा टेवा पुग्ने कार्यक्रम ल्याउन उनीहरुले माग गरेका छन् ।

कार्यक्रममा समाजिक न्याय तथा बिकास प्रक्रियामा दलित महिलाको पहुंच अभिबृद्धीका लागि दलित महिलाहरुमाथी राज्यको लगानी आवश्यक भएको औल्याइयो । स्थानीय तहमा दलित महिला अगुवाहरुलाई आफ्ना अधिकारका विषयमा जागरुक गराउने उदे्श्यले कार्यक्रमको आयोजना गरिएको दलित महिला जिल्ला परियोजनाको संयोजक नरवहादुर आउजीले बताए ।

कार्यक्रममा दलित महिला जिल्ला परियोजनाको संयोजक नरवहादुर आउजी , मोरङकी अध्यक्ष शर्मिला परियार , दलित महिला संघ कोशी प्रदेशकी अध्यक्ष पाण्डु परियारलगायतले तीनै तहको सरकारले बजेट छुट्याउँदा महिला मात्र भनेर छुटयाउँदा दलित महिलाको अधिकारका क्षेत्रमा उल्लेख्य काम हुन नसकेको बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल