Birat Post सोमबार, फाल्गुण २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२८ फाल्गुन ।
नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा विराटनगरमा विचारगोष्ठी एवम् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्य पारेर सोमबार आयोजित कार्यक्रममा कोेशी प्रदेशका विभिन्न जिल्ला तथा अन्य प्रदेशका समेत साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइरालाको अध्यक्षता तथा डा.विमला श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख  वक्ताका रुपमा डा.मिनाक्षी नेपाल , साहित्यकार कविराज न्यौपाने तथा टिप्पणीकर्ताको रुपमा नेपाली लेखक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा.रत्नमणि नेपाल रहेका थिए ।

कार्यक्रममा महिला अधिकार,समसामयिक सवाल र वर्तमान स्थिति समेटिएका कविताहरु बाचन गरिएको थियो । सो अवसरमा रमेशचन्द्र अधिकारी (रंगेली) गणेश श्रवण (चितवन) ,बासु पोखरेल (उदयपुर) ,भिष्म काफ्ले (सुनसरी), मनु विश्वकर्मा (झापा) ,गायत्री चापागाईं , शुभलक्ष्मी लम्साल, हरिप्रसाद बराल,हरि कट्टेल ,प्रमोद ढकाल(प्रिन्स) , पुष्पा सायरा, सरिता तुलाधर, कविता केशरी, बाबुराम पोखरेल,पूजा बहार,लक्ष्मी पोखरेल, लगायतका तीनदर्जन कविहरुले रचना वाचन गरेका थिए ।

संघकी केन्द्रीय सदस्य राधिका गुरागाईँले उक्त कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । केन्द्रीय सदस्य द्वय निर्मला कोइराला र राधिका गुरागाईँलाई केन्द्रीय समितिले उक्त कार्यक्रमको संयोजन गर्ने जिम्मेबारी प्रदान गरेको थियो । सोही अनुरुप कोशी प्रदेशमा यो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डा.गोपाल भण्डारी ,प्राज्ञ विवश पोखरेल,प्राज्ञ गंगा सुवेदी ,गोकुल अधिकारी ,दिनेशराज सुवेदी,देवी पन्थी लगायतले रचना वाचनसहित आ-आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल