Birat Post सोमबार, फाल्गुण २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ फाल्गुन / गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि आयोजित प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । गैसस मोरङको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने तालिम सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

उहाँले तालिममा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि त्यसलाई व्यवहारमा नउतार्दा तालिमको चौचित्यमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । उहाँले महानगरपालिका नपुगेको ठाउँमा गैससहरु पुगेर जनताको सेवा गर्ने गरेको उल्लेख गर्नुभयो । “१९ वटै वडाको टोल–टोलमा महानगरपालिका नपुग्न सक्छ,” उहाँले भन्नुभयो, “तर गैससले आफ्ना गतिविधिमार्फत हरेक टोलमा पुग्न सक्छ ।” गैससले महानगरवासीको वास्तविक समस्या पहिचान गर्न सक्ने बताउनुभयो ।

गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा पन्तले महानगरपालिकाले गैससहरुलाई विगतदेखि नै सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले प्रशिक्षार्थीहरुलाई प्रस्तावना र प्रतिवेदन लेखनसम्बन्धी तालिम दिनुभएको थियो । महानगर क्षेत्रभित्र सञ्चालित गैससका ५० जना प्रतिनिधिहरु तालिममा सहभागी भएको गैसस मोरङकी सचिव सरिता खनालले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल