Birat Post आइतबार, फाल्गुण २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, २० फागुन । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् । उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो ।

राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दिएको आयोजकको दाबी छ । सकारात्मक सोच र सामाजिक सेवाका लागि निरन्तर सक्रिय भइ समाज रुपान्तर र सांस्कृतिक जागरणमा पनि राईले भूमिका खेलेको आयोजकले जनायो ।

उनलाई ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गरेका हुन् ।

राईले विद्यालय अध्ययनकै बेलादेखि कविता लेखन सुरु गरेका थिए । २०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ । उनका फुटकर लेख रचनाहरु पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

नेपाली साहित्यमा एमएसम्म अध्ययन गरेका राईका बुबा सर्वधन राई र आमा सावित्री राईको निधन भइसकेको छ । मोरङ कानेपोखरी ५ स्थायी ठेगाना भएका राईको जन्म २०३६ साल जेठ ६ गते भएको हो ।

सम्बन्धित

ताजा अपडेट
पार्टी सभापति शेरबहादुर देउवालाई कोइराला पक्षका साना नेताहरुको सत्तोसराप, कोइराला र रिजालले कुरा चपाएर भाषण गरे
विराटनगरमा उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनमा अन्तरक्रिया
केन्द्रको निर्देशन विपरीत कोशीमा शेखर कोइरालाको एकपक्षीय पालिका सभापतिको भेला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल