काठमान्डौं,१६ फाल्गुन । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ ।
कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको सिन्धुपाल्चाृक प्रहरीले जनाएको छ ।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।
यस्तै
यस भन्दा अगाडिका विभिन्न विवादास्पद घटनामा जोडिएका मनोज मानव भनेर चिनिने युट्यूबर मनोज कुमार महतो कारागार चलान भएका छन् । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।
नोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो । अघिल्लो मुद्धामा उनी धरौटीमा छुटेका थिए ।