Birat Post सोमबार, फाल्गुण १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ फाल्गुन / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्बन्धित स्थानमै पुगेर विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने कार्य अगाडि बढाएका छन् । महानगरले निर्माण गरिरहेका सडक र नालामा जग्गा विवाद देखिएका स्थानमा पुगेर मेयर कोइरालाले सम्बन्धित व्यक्तिसित छलफल गरी समाधान निकाल्ने कार्य अगाडि बढाएका छन् ।

महानगरको योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापासहितको टोली लिएर मेयर कोइराला सोमबार वडा नम्बर १३ र १४ मा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेका छन् । जग्गा विवादले सडक र नाला निर्माण रोकिएको पटक–पटक गुनासो आएपछि मेयर कोइराला सम्बन्धित स्थानमा पुगेर विवाद समाधान गरी विकासको कामलाई अगाडि बढाउने वातावरण सिर्जना गर्न लागिपरेका छन् ।

विकास सबैका लागि भएकाले कसैलाई पनि मार्का पर्न नहुने कोइरालाको भनाई छ । नाला बनाउँदा दुवैतर्फका जग्गाधनीलाई चित्त बुझ्ने गरी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । “विकासले गति नलिनुको कारण जग्गा विवाद पनि एक हो । नाला पनि रहेको स्थानमा एकजनाले भत्काउनुपर्ने पर्खाल भत्काएन भने त्यो योजना वर्षौंसम्म पनि लम्बिन सक्छ,” उनले भने , “अब त्यसो नहोस् । दुवैतिरका जग्गाधनीलाई राखेर कसैलाई पनि अन्याय नहुने गरी महानगरले विकासको कामलाई तीव्रता दिन चाहेको छ । यसमा स्थानीयको पनि सहयोग हुनुपर्छ ।”

मेयर कोइरालाको उपस्थितिमा वडा नम्बर १३ को भेटनरी चोक उत्तरमा सडक निर्माणका क्रममा देखिएको विवाद समाधान भएको छ । मेयर कोइराला आफैं उपस्थित भएर विवाद समाधान गर्न अग्रसर भएको भन्दै स्थानीय हर्षित भएका थिए । वर्षौंदेखि डुबान समस्या झेल्दै आएका स्थानीयले मेयर कोइरालालाई खादा लगाएर स्वागतसमेत गरेका थिए । उनीहरूले अब भने समस्या समाधान हुने आशा पलाएको प्रतिक्रिया दिए ।
त्यस्तै वडा नम्बर १४ को भगवतीमार्गमा पनि जग्गा विवादका कारण नाला निर्माण हुन सकेको थिएन ।

सम्बन्धित वडाका अध्यक्ष सूर्यनारायण महतो र इन्जिनियर थापालाई साथैमा लिएर पुगेका मेयर कोइरालाले सो स्थानको विवाद पनि समाधान गरेका थिए । महानगरको १ करोड आन्तरिक स्रोतबाट भगवती मार्गमा सडक निर्माण भइरहेको छ । विवादलाई लम्ब्याउँदा विकासले गति नलिने भएका कारण आफैं उपस्थित भएर समस्या समाधान गरेको मेयर कोइरालाको भनाइ थियो । महानगरका विभिन्न वडामा करिब १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालनमा रहेका छन् । त्यसबाहेक वडास्तरका साना योजनाबाट नाला, सडक र अन्य भौतिक संरचना धमाधम निर्माण भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल