Birat Post सोमबार, फाल्गुण ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ फाल्गुन ।
राजा र हिन्दू राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले सवै राष्ट्रवादी तथा राजावादीहरुलाई एक ढिक्का बन्न आग्रह गरेको छ । सोमबार विराटनगरमा आयोजित प्रजातन्त्र दिवस तथा पूर्व रानी कोमलराज्य लक्ष्मी शाहको ७४औं जन्मोत्सव कार्यक्रममा बोल्दै समितिका संयोजक बल्लभ प्रसाद दाहालले राष्ट्रवादी तथा राजावादीहरु एक ठाउँमा उभिने वेला भएको बताएका हुन् । उनले गठबन्धनका नाममा ठगबन्धन गरेर नेपालमा गलत सस्कारको अभ्यास सुरु गरिएको जिकिर गरे । देशको बागडोर सम्हाल्नेहरु जसरी प्रस्तुत भएका छन् त्यो दीर्घकाल जाने अभ्यास हैन दाहालले भने ,”जनताले कुरो र चुरो बुझिसकेका कारण नेपालमा राजतन्त्रको सम्भावना बलियो बन्दै गएको छ । जनताले समय पर्खिएका छन् त्यो समय आइसकेको अनुभुती मैले गरेको छु ।”

पूर्वराजा र हिन्दु राज्यको पुर्नस्थापना तथा संघीयता खारेज आगामी आन्दोलनको बटमलाइन रहेको र आन्दोलन सुरु गर्नुभन्दा अगाडि मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारीमा आफुहरु रहेको दाहालले जानकारी दिए । कार्यक्रममा नेपाल विद्धत परिषदका केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेलले नेपाललाई बचाउन पूर्वराजा र राजसंस्थाको पूर्नस्थापना आवश्यक रहेको बताए ।

पूर्व मन्त्री बद्रिप्रसाद मण्डलले “राजा ल्याउ देश बचाउँ” नाराका साथ देशभरआन्दोलनको तयारी भइरहेको जानकारी दिए । उक्त कार्यक्रममा समितिका पुष्पराज दाहाल, कपिल पोखरेल ,ब्युटी श्रेष्ठ, टिका सिटौला, गोकुल पोखरेल, केशवप्रसाद रिजाल, शम्भुनाथ कार्की र रमा प्रसाईँ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल