Birat Post मंगलबार, माघ २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ माघ/

विराटनगर महानगरपालिकाले क्षयरोग (टिवी)का बिरामीलाई पोषण सामग्री वितरण गरेको छ ।
महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पोषण सामग्री वितरण गरेका छन् । विराटनगर महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत क्षयरोगीका बिरामीहरुलाई महानगरले पोषण सामग्री वितरण गरेको हो । पोषण सामग्रीमा २५ किलोको एक बोरा चामल, तेल, दाल, सर्वोत्तम पिठो, चना, स्वायबिन, अण्डालगायतका सामग्री वितरण गरेको छ ।

महानगरअन्तर्गतका विभिन्न स्वास्थ्य चौकी र केन्द्रमा ११ जना क्षयरोगीले नियमित उपचार गराइरहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिलीप यादवले जानकारी दिए । विएनएमटी नेपालसँगको सहकार्यमा महानगरले क्षयरोगका बिरामीलाई ६ महिनासम्म पोषण सामग्री उपलब्ध गराउनेछ । उनीहरुको पोषणको अवस्थाबारे नियमित परीक्षणसमेत गरिनेछ । शरीरमा पोषणको मात्रा हेरेर क्षयरोगका बिरामीलाई थप उपचार गरिने उहाँले बताए । मोरङको विराटनगर महानगरपालिका र केराबारी गाउँपालिकालाई क्षयरोग (टीवी)मुक्त बनाउने गरी काम गरिरहेको वीएनएमटीकी पुनम विष्टले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल