featured photo: Birat Post
विराटनगर,२३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताएका छन् । उक्त पार्टीद्वारा मंगलबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राखे ।
अध्यक्ष थापाले हिन्दु राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ स्थानीय तहको लागि पार्टीले आन्दोलनको घोषणा गर्ने बताए । कुमार ढकाल र माधव थापाले सरकारले भ्रष्टचार नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने सुझाव दिए । अध्यक्ष थापाले नेकपा माओवादी केन्द्र, राप्रपा एवं अन्य विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गर्नेलाई स्वागत गरेका छन् । जस अन्तरगत राप्रपा नेपाल मोरङको अध्यक्षमा विराटनगरका कुमार ढकाल चयन भएका छन् ।
सम्बन्धित