Birat Post आइतबार, माघ २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

मोरङ,२१ माघ । मोरङको वुढीगंगामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता आइतबारदेखि हात्तिमुडाको कर्मवीर विद्यालयमा शुरु भएको छ । गाउँपालिकाद्वारा पाँच दिनसम्म सञ्चालित पाँचौ अन्तरविद्यालय प्रतियोगितामा एवं दोश्रो प्रतिभा पहिचान कार्यक्रममा उक्त पालिकाका सामुदायिक र संस्थागत गरि १६ विद्यालयका एक हजार विद्यार्थीहरुले एथलेटिक्स, कराँते, भलिवल र कवड्डी खेलमा भाग लिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतियोगिताको उद्घाटन गर्दै राज्यले खेलकूदलाई प्राथमिकता राखि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए । कोइरालाले नेपाललाई विश्वमा पहिचान गराउने खेलकुद भएकोले खेलाडीहरुका लागि आवश्यक प्रशिक्षण, खेलकुद मैदान र भत्ताको व्यवस्था गर्नु आवश्यक रहेको बताए । कोइरालाले यस्ता प्रतियोगिताले वहुजातिय समुदाय वीच एकता कायम गर्न मद्दत पुग्नुका साथ युवापुस्तालाई अनुशासित बनाई मुलुकको समृद्धि कायम गर्न सहयोग पुग्ने विचार राखे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले युवाहरुलाई विदेश पलायन रोक्न प्राविधिक शिक्षाको सहज पुहँच पुर्‍याउनु पर्नेमा जोड दिए । वुढीगंगा गाँउपालिकाका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृत गच्छदारले राष्ट्रको पहिचान कायम गर्ने खेलकुदका लागि पालिकाकाले विशेष प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल