Birat Post शनिबार, माघ २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतिक्षामा रहेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए ।

उनले भने, ‘गठबन्धन, माकुराका कतिवटा ८ वटा खुट्टा हुन्छन्, यिनीहरुका पनि त्यस्तै छन् । हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्याैं भने यो जोडजाम गरेर बनाएको गठबन्धन कुनै ठूलो कुरै होइन । एउटा चुनाव सधैंका लागि यस्ता गठबन्धनका संस्कृति, कुसंस्कृतिहरु अन्त्य गर्नका लागि काफी छ । त्यसैले हामीले भनेका छौ मिसन ८४, यसले यो सबै समस्याको एकैपटक दबाई गर्छ । गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन ८४ मा गरिँदै छ ।’

अध्यक्ष ओलीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको भनाइ राखे । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासय अरु केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभइ रेमिट्यान्सतर्फ अगाडि बढेको बताए । उनले भने, ‘देशको समस्या भनेको युवाहरु बाहिरिने क्रम बढ्दै गएको छ । अहिलेको गठबन्धन सरकार रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेका छन्, तर रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशय अरु केही पनि हुँदैन । संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष्य तोकेको छ, हामी सबैभन्दा अभरपर्दो रेमिट्यान्स अर्थतन्त्रतर्फ जाँदै छौ । दिगो विकासको लक्ष्य होइन्, आफ्नो उत्पादन बढाएर सुदृढ हुने होइन, रेमिट्यान्सतर्फ जाँदै छाैं ।’

नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने ठाउँमा शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको आरोप पनि अध्यक्ष ओलीले लगाए । उनले भने, ‘हाम्रा शासनमा हुनेहरु खासगरि गठबन्धनमा हुनेहरुको नीति नै गलत छ । नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ । आज शिक्षाको लागि बाहिर जानपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ । समस्याहरु छ तर समाधान पनि छन् । कुनै पनि देश अरु आएर बनाउँदैन, आफैंले बनाउनुपर्छ ।’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल