विराटनगर ,१७ माघ । नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत मोरङमा पनि वडास्तरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जस अन्तरगत वुढीगंगा गाउपालिकाको वडा नं. ३ मा कार्यकर्ता संगै जनताको गुनासो सुन्ने ,सहिदहरु प्रति स्मरण गर्ने देखि दीप प्रज्वलन सम्मका कार्यक्रम भएको छ ।
किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमेश जंग रायमाझी ,जिल्ला सहसचिव भुवनेश्वर मण्डल , जिल्ला सदस्य देवचन्द्र घिमिरे ,मोरंग क्षेत्र नं.६ का क्षेत्रीय सभापति देवराज तामाङ ,क्षेत्रीय सचिव लोकनाथ माझी , क्षेत्रीयय प्रदेश सचिव विष्णु वुढाथोकी ,क्षेत्रीय सदस्य राधा आचार्य ढकाल,पालिका सदस्य स्रिजला कोइराला लगाएत क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, अन्य औपचारिक कार्यक्रम भने हुनेछैनन् ।