Birat Post सोमबार, माघ १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ माघ । आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै छन् । कोशी प्रदेशका झापा,मोरङ ,सुनसरी जिल्लाका सन्थाल अगुवाहरुले यो पर्व हर्षउल्लासका साथ मनाउने तयारी गरिएको जानकारी दिएका छन् ।

नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले यो पर्व मनाउन अभियाननै गरिएको जानकारी दिए । झापाका केही गाउँपालिकाहरुले यो पर्वको अवसरमा विदा दिएका छन् । अन्य जिल्लाहरुमा भने विदा दिएको छैन ।

६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दे सन्थाल समुदायले मनाउँदै आएका हुन् । पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधि अनुसार ‘गड’ पुजागरी यो पर्व मनाउन सुरु गरेका हुन् ।

पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यसदिन सन्थाल समुदायका मानिस नुहाइधुवाइ गरी घर आंगन सफा गरेर चोखिने काम गर्छन् । यसैदिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् ।

‘गड’ पूजामा जराङ बुरु,गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पीठो,मेथी,सुपारी,लड्डु र कुखुराको बलि दिएर पूजा गर्ने गरिन्छन् । सो ठाउँमा पूजा सम्पन्न गरेपछि समुदायका मानिसहरुले प्रसाद ग्रहण गर्छन जसलाई सन्थाली भाषामा ‘सुडे’ भनिन्छ ।

यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरुले ल्याएका कोसेली वितेका पूर्वजहरुलाई चढाइन्छ । समुयदायका युवायुवतीहरु यसदिन सोहराय नाच प्रस्तुत गर्छन् । सोहराय पर्वको तेश्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ ।

यसदिन समुदायका मानिसले विशेषगरी गाइगोरुसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् । सोहरायको चौथोदिन गाउँका मुखियासहित समुदायका मानिस समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ ।

यसदिन युवायुवतीहरु समेत समूह बनाएर पारम्परिक गीतमा नृत्य गर्दै घरघरमा गएर धानचामल र पैसा माग्ने गर्छन् । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामांकरण गरिएको सन्थाल अगुवाहरु बताउँछन् ।

सोहरायको पाँचौदिनलाई ‘हाकुकाट्कोम’कोरुपमा मनाइन्छ । यसदिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । सन्थाल भाषामा माछालाई हाकु र गंगटोलाई काट्कोम भनिने भएकाले यसदिनलाई ‘हाकुकाट्कोम’कोरुपमा नामाकरण अगुवा पन्नलाल हेमरमले बताए ।

यो पर्वको छैठौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन छ । पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहेपनि पछिल्लो समय यो ब्यवहार लोप हुंदै गएर अहिले गांउघरमै भएका मासुयोग्य जनावरलाई शिकार गरेर बाँडिचुँडि खाने चलन रहेको छ ।

‘साकरात’का रुपमा मनाइने यसदिन गांउ बाहिरको खुला ठांउमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल