Birat Post बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ माघ ।

जनवरी २२ अर्थात माघ ८ गते भारतको अयोध्यामा हुने भगवान श्रीरामको प्राणप्रतिष्ठाका दिन विराटनगरमा पनि हर्षोल्लासकासाथ मनाउने भइएको छ । यसका लागि विराटनगरका धार्मिक एवं लव्धप्रतिष्ठीत व्यक्तिहरुवीच छलफल समेत भएको छ । जसमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अध्यक्ष विरेन्द्र विष्ट,धार्मिक अभियन्ता बल्लभप्रसाद दाहाल,बेनीगोपाल मुन्दडा,हिन्दू स्वयंसेवक संघ नेपाल प्रतिनिधि महेन्द्र साह,मोरङ अध्यक्ष केशवलाल सिंह सुहाल,ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रकी कोशी अध्यक्ष गीता दिदी लगायतको सहभागिता रहेको थियो । प्राण प्रतिष्ठाको दिन घरघरमा दीपप्रज्वलन गर्न उक्त भेलाले आग्रह गरेको छ ।

छलफलमा सहभागी बल्लभप्रसाद दाहालले भने, “प्राणप्रतिष्ठाको विषयमा विराटनगरका अगुवाहरुले पनि एक्यवद्धता जनाउदै सो दिनलाई विशेष वनाउने भन्ने भएको छ । यो हिन्दूहरुको प्रतिष्ठाको विषय भएको र यसलाई नेपालका हिन्दू सनातनीहरुले स्वागत गरे भनेर बुझ्दा हुन्छ ।” ,

यसैवीच न्यूरो हस्पिटलमा कार्यक्रम गर्दै अध्यक्ष विरेन्द्र विष्टले प्राण प्रतिष्ठाको दिन सोमबार वेलुका हिन्दू स्वयंसेवक संघ नेपाल ,झि:पुच ,ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र, न्यूरो बंग्लामुखि सोसाइटीको आयोजनामा सडकमा दीप प्रज्वलन र बंग्लामुखि मन्दिरमा आरती ,भजनकृतन सहित प्रसाद वितरणको कार्यक्रम राखिएको जानकारी दिएका छन् ।

शरिरमा चोट लागे हस्पिटल र मनमा चोट लागे भगवानको मन्दिर हुने धारणा व्यक्त गरेका विष्टले धर्म गर्दा शान्ति हुने बताए । श्रीरामको प्राण प्रतिष्ठा समग्र हिन्दूको गर्वगर्ने क्षण भएको विष्टले वताए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल