featured photo: Birat Post
मोरङ,४ माघ ।
ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका गर्भवती महिलालाई अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित पारस अस्पतालले आजदेखि ‘छोरी बचाउ ,आमा बचाउ’ कार्यक्रम शुरु गरेको छ ।
विराटनगर –११ स्थित पारस मल्टीस्पिसियालिटी अस्पतालाले आफ्नो खर्चमा छोरी बचाउ अभियान अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा गर्भवती महिलालाई नि:शुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै छोरी जन्मिएमा रु एक हजार प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय गरेको अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
अस्पतालका निर्देशक डा सफिउर रहमानले प्रसुतीको को समयमा आमाको अकाल मृत्युबाट जोगाउनका लागि अस्पतालले सेवा शुरु गरि शल्यक्रिद्वारा छोरा जन्म भएमा शुल्क लिने छोरीको जन्ममा निशुल्क व्यवस्था गरेको बताए ।
यसैगरी नवजात छोरीहरुको लागि रु एक हजारमा स्वास्थ्य सुविधा कार्ड मार्फत एक वर्षसम्म अस्पतालमा वहिरङग सेवा नि:शुल्क ,विभिन्न प्रयोगशाला परीक्षणमा २५ प्रतिशत , औषधिमा १० प्रतिशत, गरीव दलित तथा असाहयहरुलाई साधारण शैयामा ५० प्रतिशत र शल्यक्रिया तथा अस्पताल प्रयोगशालाहरुमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
अस्पताल ५० शैय्या भएपनि १७ शैय्या प्रसुति सेवाका लागि छुट्याएको र विशेषज्ञ चिकित्सकहद्वारा सेवा उपलव्ध हुने प्रसुति रोग विशेषज्ञ डा कविता यादवले बताइन् । अस्पतालले मेडिसिन, स्त्रिरोग, बाल रोग, दाँत र फिजियोथेरापी सेवा उपलव्ध गराउँदै आइरहेको छ ।
सम्बन्धित