Birat Post आइतबार, पुष २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ पुस ।
नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित लालवानी,जुगलकिशोर राठी,श्रवण अग्रवाल,प्रविन जोशी,विनायक पन्त,कुमार खतिवडा,रामजीवन अग्रवाल,जितेन्द्र राठी,विकास चौधरी,आनन्द जाजु,अभिशेक तोदी,अनिल ढकाल,ज्ञानेन्द्र पौडेल,अनन्त पराजुली,गिरिजा सारडा,रचना राठी र अनिता अग्रवाल रहेका छन् ।

यस्तै सल्लाहकारहरुमा स्वामी अच्युत प्रपन्नाचार्य,स्वामी रामानुजाचार्य,कोशी प्रदेशका सांसद भीम पराजुली,संविधान सभा सदस्य पवन सारडा,समाजसेवी इन्दिरा रिजाल,तिलक रिजाल,देवकीनन्दन अग्रवाल,रमेशकुमार चापागाई,अनिल साह,बेनीगोपाल मुन्दडा,भीखमचन्द सरल,सुरेशकुमार शर्मा,शंकललाल अग्रवाल,नन्दु राठी (तिनपैनी), र कविराज न्यौपाने रहेका छन् ।

आइतबार विराटनगर स्थित सत्यनारायण मन्दिरमा भएको एक कार्यक्रमका बीच मुक्तिनाथ धामका पीठाधीश्वर स्वामी कमलनयचचार्य श्रीजीको उपस्थितीमा न्यौपानेलाई संयोजकको जिम्मेबारी प्रदान गरिएको हो । बाग्लुङमा फाल्गुन ९ गते देखि २३ गतेसम्म महायज्ञ हुदैछ । यसका लागि देशका विभिन्न स्थानमा धार्मिक व्यक्तिहरुलाई जोड्ने काम आयोजकले गर्दै आएको छ । यसका लागि श्रीहरि सत्संग समिति नेपाल विराटनगरले चासो देखाउदै मन्दिरमा स्वामी कमलनयचचार्य श्रीजीलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल