Birat Post आइतबार, पुष २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला भोलि(सोमबार) राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदैछन् । ‘तपाईंलाई राष्ट्रपति बनाउन सकिएन, त्यहाँ रामचन्द्र पौडेललाई नल्याई भएन,’ प्रधानमन्त्री दाहाल र सभापति देउवाले सिटौलासँग भनेको भनाई उदृत गर्दै कांग्रेस उच्च सूत्रले भन्यो,‘अब तपाईं राष्ट्रिय सभाको अध्यक्ष हुनुहोस्, त्यो पनि संवैधानिक पद नै हो ।’

राष्ट्रपति बनाउने भनेर दिएको आश्वासन पूरा नगरेका दाहाल र देउवासँग सशंकित सिटौलाले पटकपटक उनीहरुसँग वाचा दोहोर्याउन लगाएर मात्र सदस्य पदमा मनोनय गर्न बिराटनगर जान लागेको बताइएकाे छ ।

कोशी प्रदेशको सरकार गठन गर्दा सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग मागेका थिए । त्यसबेला लिङ्देन झापा क्षेत्र नम्बर ३ मा सिटौला चुनाव लड्दा आफूलाई असजिलो भएको कुरा सुनाउँदा देउवाले भनेका थिए, ‘अब सिटौला झापाबाट चुनाव लड्दैनन्, उनी राष्ट्रिय सभामा जान्छन्, ढुक्कसँग सहयोग गरे हुन्छ’ भनेर आश्वासन दिएका थिए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियादेखि संविधान घोषणा गर्दासम्म निरन्तर सहयोग गरेकाले पनि सिटौलालाई यसपटक राष्ट्रिय सभाको नेतृत्वमा पुर्याउन आफू वचनवद्ध रहेको निकटस्थहरुसँग बताएका छन् ।

यता सभापति देउवाले आफू निकट नेताहरु पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरिसकेका छन् । कांग्रेसमा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, गोविन्द पोखरेल र सुजाता कोइरालासहित पाँचसय जति नेताले राष्ट्रिय सभा सदस्य बन्ने आकांक्षा सभापति देउवासँग राखिसकेका छन् । देउवा निवासमा नेता शेखर कोइराला, पूर्णबहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक आकांक्षीहरु मध्येबाट नाम छनौट गर्न सक्रिय भएको थाहा भएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल