विराटनगर,२० पुस । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरले शुक्रबार मानव सेवा आश्रममा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । सेन्टरले मोरङका विभिन्न स्थानहरुमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । अतिविपन्न ,गरिब र असायहरुका लागि एउटा छट्टै प्याकेज बनाएर सेवा दिने गरेको हस्पिटलका सञ्चालक जय प्रकाश रायले जानकारी दिए ।
यस्तै मारवाडी युवा मञ्च र हस्पिटलको सहकार्यमा शुक्रबार निशुल्क आखाँ शिविर सन्चालन भएको छ । मारवाडी युवाहरुको १३ औं स्थापना दिवसका अवसरमा आखा जाच गरिएको हो । सोही क्रममा मोतियाबिन्दु भइ आएकी एक महिलाको हस्पिटलले निशुल्क सल्यक्रिया गरि सहयोग गरेको सञ्चालक सदस्य दिपक रायले जानकारी दिए । विराटनगर १३ रोडशेष मुनी रहेको हस्पिटलले सहुलियतदरमा विना झन्झट सेवा प्रवाह गर्दै आएको छ । अनुभवी चिकित्सकद्धारा सेवा प्रवाह गरिएको हस्पिटल सञ्चालकहरुको भनाइ छ ।