विराटनगर,१६ असोज ।
४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा नेपाली कांग्रेस कोशी प्रदेशले विराटनगर ८ स्थित विराटेश्वर विद्धाआश्रममा रहेका आश्रीतहरुलाइ भोजन गराएको छ । कोशी प्रदेशका अध्यक्ष उद्धव थापाको अगुवाईमा आश्रीतहरुलाई भोजन गराइएको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वी.पीको वीचारलाई कांग्रेसले अझ आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए ।
देशको वर्तमान राजनैतिक स्थिति अझै सहज ढंगले अगाडि नवढिरहेको अवस्थामा उहाँका विचारहरुलाई प्रभावकारी ढंगले अपनाउनुपर्नेमा जोड दिए । झुपडि देखी महल सम्मको कुरालाई वी.पीका विचार संग जोड्न सकिन्छ । उहाँले दिनुभएको सवै प्रकारका विचारलाई कांग्रेसले अवलम्बन गर्न सके सवल कांग्रेस वन्ने विचार व्यक्त गरे ।
आश्रीतलाई भोजन कार्यक्रममा कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता,कांग्रेस नेतृ सुचि चौधरी,निर्मला सुवेदी ,नेताहरु बासु कोइराला,सुवास भण्डारी ,काशी चुडाल ,विष्णु भुर्तेल, अभिषेक गिरी लगायतको उपस्थिती रहेको थियो ।