Birat Post शनिबार, पुष १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ पुस ।
विद्यार्थीहरुलाई मानसिक रोगवारे जानकारी दिने उदेश्यले विराटनगरमा रहेका विद्यालयहरुमा सचेतना कार्यक्रम सुरु गरिएको छ । डा.सीता पोखरेल घिमिरेले यो अभियानको नेतृत्व लिएकी छन् । उनी आफैमा भने स्त्री रोग विशेषज्ञ हुन् । उनले मानसिक रोग विशेषज्ञ डा.मुक्ति आचार्यलाई साथमा लिएर विद्यालय तहका विद्यार्थीहरुलाई मानसिक रोग सम्वन्धी सचेतनाका अलावा स्त्रीरोग संग सम्वन्धित विषयमा पनि जानकारी दिने काम गरिरहेकी छन् ।

शुक्रबार विराटनगर स्थित आदर्श माध्यमिक विद्यालय वाट यो अभियान घिमिरेले सुरु गरेकी छन् । झण्डै २ सय विद्यार्थीहरुलाई मानसिक रोग र यसका प्रभाववारे जानकारी प्रदान गरिएको छ । अव विराटनगरका सवै विद्यालयका विद्यार्थी माझ यो चेतनामूलक कार्यक्रम लाने जमर्को डा।घिमिरेले गरेकी छन् ।

किशोर अवस्थामा देखिनै मानसिक रोग लाग्न सक्ने र त्यो विस्तारै ठूलो हुदै जादा अझ जटिल बन्न सक्नेहुदा अहिले देखिनै प्रभवकारी चेतनाको आवश्यकता रहेको डा। पोखरेलले औल्याइन् । उनले बालबालिकाहरुमा उमेर बढ्दै जादा हुने अपेक्षाहरु पूरा हुन नसक्दा ,स साना कुरामा चिन्ता लिदा विस्तारै त्यो रोगमा परिण हुने भन्दै विद्यार्थीहरुलाई सचेत गराइएको छ ।

मानसिक स्वास्थ्य समस्याको उपचार सम्भव भएपनि यसप्रति रहेको अज्ञान, लाञ्छना, विभेद र कलंकका कारणले गर्दा समस्यालाई लुकाउने वा गलत उपचार खोज्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ। एउटा मानिस पूर्णरूपमा स्वस्थ रहन र उसले आरोग्यता प्राप्त गर्न शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहन जरुरी हुने मानसिक रोग विशेषज्ञ डा।मुक्ति आचार्यले बताए ।

आजको परिवर्तित समाजमा थपिएका दिन प्रतिदिनका नयाँ नयाँ चुनौतीले मानिसको जीवन सहज मात्र भएको छैन तनावयुक्त पनि बनेको छ। यस्तो अवस्थाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने चासो कुनै एक व्यक्तिको काबुभित्र छैन। यसबारे सवैले सोच्ने वेला आएको डा।आचार्यले बताए ।

विराटनगर स्थित नोवेल हस्पिटल विराटनगरमा समेत कार्यरत डा.सीता घिमिरे विभिन्न सामाजिक कार्यमा समेत सक्रिय बनेकी छन् । उनी हालैमात्र भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा स्वास्थ्य उपचारमा समेत सम्लग्न रहेर फर्किएकी छन् ।

यस्तै नोना कोइराला ट्रष्ट मार्फत पनि विभिन्न सामाजिक काममा जुटेकी छन् । डा. घिमिरेको यो अभियानमा विभिन्न सामाजिक मानिसहरु पनि जोडिएका छन् । उनले यो संगै अन्य स्वास्थ्य सचेतनाका कार्यक्रम निरन्तर गरिरहने जानकारी दिइन् ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल