Birat Post शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ पुस / विराटनगरस्थित अम्बेमुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा पत्रकार कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. दीपक सिग्देल, पूर्व स्वास्थ्यकर्मी शोभा लामा बल, संगीत क्षेत्रबाट कुशेश्वर राई, योग प्रशिक्षक शिल्पा प्याकुरेल र साहित्य क्षेत्रबाट शारदा कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै आयोजक संस्थाका तर्फबाट कक्षा–२ मा अध्ययनरत छात्र रामकृष्ण यादवलाई छात्रवृत्ति स्वरुप १० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अम्बेमुरारी सेवा केन्द्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताए । उनले महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरु अम्बेमुरारी सेवा केन्द्रजस्ता संस्थाले गरिरहेको भन्दै मेयर कोइरालाले प्रशंसा गरे । आयोजक संस्थाकी अध्यक्ष भारती उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, संस्थाका महासचिव गंगाप्रसाद यादव, कोषाध्यक्ष चूडा ठकुरी, लक्ष्मी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल