Birat Post शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

इटहरी ,१३ पुस ।  नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् ।

‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका हुन् ।

नेपालमा हिन्दु सनातन धर्मसहित ऊँकार परिवारप्रति चौतर्फी आक्रमण भइरहेकोले त्यसको सङ्गठित प्रतिकार गर्नुपर्ने भएको उल्लेख गर्दै जगद्गुरु देवाचार्यले भने, ‘देशको परिस्थिति विकराल बनेको छ । सनातनी नेपाली समाजलाई गाउँगाउँमा आतङ्क, अप्ठ्यारो, असजिलो महसुस भएको छ ।’

‘राज्य स्वयम् सनातन धर्मलाई निमिट्यान्न पार्न आक्रोशित रूपमा लागेको,’ टिप्पणी गर्दै जगद्गुरुले थपे, ‘क्षेत्री–बाहुनहरूसमेत पास्टर भएर गाउँ–गाउँबाट सनातन धर्म सिध्याउन लागेकाले वैदिक सनातन धर्म र नेपाली समाज दोहोरो चपेटामा परेका छन् ।’

तर सनातन धर्म रक्षाका निम्ति सनातनीहरूमा जागरणको कमी देखिएकोले आफूलाई राष्ट्रव्यापी धर्मसभा गरेर समाजमा जागरण छ फैलाउने इच्छा जागेको उल्लेख गर्दै जगद्गुरुले उदघोष गरे, ‘पुस २१ गते इटहरीमा विशाल धर्मसभा आयोजना गरिनेछ । त्यसका लागि आजैदेखि तयारी सुरु गर्नुहोला ।’

एकपटक आफू इटहरीबाट हिँडेर धरान जान खोज्दा सरकारले डराएर आफूलाई अवरोध सिर्जना गरेको प्रसङ्ग स्मरण गर्दै जगद्गुरुले धर्म रक्षाका कुरा गर्ने जोगीसँग नडराउन सरकारसँग आग्रह पनि गरे ।

जगद्गुरु देवाचार्यका अनुसार इटहरीमा हुने धर्मसभामा स्वर्गद््वारी, मुक्तिनाथ, देवघाट, जनकपुर, पशुपतिनाथलगायतका सन्त–महन्तलाई निमन्त्रणा गरिनेछ । सभामा ऊँकार परिवारअन्तर्गत पर्ने किरात र बौद्ध धर्मका गुरु एवम् अगुवाहरूलाई पनि सहभागिताका निम्ति निमन्त्रणा पठाइनेछ ।

विश्वप्रसाद रिजालको अध्यक्षता सम्पन्न ऊँकार परिवारको भेलामा विश्व हिन्दु परिषद् नेपालका अध्यक्ष देवराज अधिकारी, छठ पूजा सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरी, सत्सङ मन्दिर इटहरीकी अध्यक्ष अप्सरा भट्टराई, अग्रज पत्रकार कृष्णविनोद लम्साललगायतले इटहरीमा आयोजना हुन लागेको धर्मसभा सफल पार्न आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संस्थापक दीनबन्धु शास्त्री, गौ–संरक्षण अभियानकर्र्मी नन्दकिशोर भारद्वाज, श्रीवैष्णव समूहका दाताराम स्वामी, विश्व कविर महासङ्घका महात्मा सत्यदेव, किरात इस्कोन इटहरीका ललितमाधव दासलगायत सन्तहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक तथा ‘धर्म–संस्कृति सन्देश’का सम्पादक कमल दाहालका अनुसार आज इटहरीमा भएको ऊँकार एकता भेला पूर्वाञ्चलमा पहिलो हो ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल