विराटनगर,१३ पुस ।
विराटनगरमा रहेको आदर्श विद्यालयमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । तालिममा ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । अप्ठेरो अवस्था आइपर्दा कसरी प्रतिकार र प्रतिरक्षा गर्ने भन्ने वारे तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।विराटनगर महानगरको सहयोगमा तीनदिने तालिम प्रदान गरिएको पोखरेलले वताए ।तालिममा विराटनगरका विभिन्न २१ विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षण विराटनगर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत रमेश खड्का,विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल, शिक्षक दमन पोखरेल र अन्जना श्रेष्ठले गरेका थिए । तालिम पछि विद्यार्थीहरुले आफुहरुमा आत्मविश्वास जागृत भएको प्रतिक्रिया दिएका छन् ।तालिम शुक्रबार सम्पन्न भएको छ ।महानगरले यस प्रकारको तालिम सामुदायिक र संस्थागत विद्यालयहरुलाई लक्षित गरी तीन स्थानमा प्रदान गरिसकेको छ ।