Birat Post सोमबार, पुष ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

हिन्दुहरुले हिन्दु भक्त/ऋषिमुनी, महापुरुष सन्तहरुलाई पनि देवतुल्य भक्तिका रुपमा हेर्छन् । देवी-देवताहरुको जस्तै यी महात्माहरुको पनि अनेक मन्दिर निर्माण भएका छन् । जहाँ सयौं भक्तजन प्रतिदिन पूजा गर्छन् । साधु-सन्तका सम्बन्धित स्थान पनि तीर्थ स्थानको जस्तै पुज्य मानिन्छ । नेपालमा यस्तो प्रकारको सानो-ठूलो मन्दिर र पवित्र स्थानबाट हिन्दुहरुको दैनिक जीवनमा आध्यात्मिक पोषण मिल्छ । नेपालका नदीहरुलाई पनि पवित्र मानिन्छ र हिन्दुको मान्यता छ कि विशेष पर्व एवं तिथिहरुमा ती नदीहरुमा स्नान गर्दा अन्तस्करण पवित्र र आध्यात्मिक उन्नति हुन्छ ।

यही महत्त्व बुझेर नेपाल सरकारले वाग्मती सफाइ अभियान चलाएको हो भने भारत सरकार पनि गंगा सफाइमा लागेको हो । नेपालमा अधिकारिक रुपमा नियमित पञ्चांग निकाल्ने गरिएको छ । त्यो हिन्दु पञ्चांग नै हो । त्यसमा भिन्न-भिन्न देवी-देवताको उपसना तिथिहरुले भरिएको छ । यो हिन्दु धर्मका लागि महत्त्वपूर्ण छ ।

सबै धर्मको एकता नै हिन्दु
हिन्दु धर्मको मान्यता छ कि यो धर्मसम्म पुग्न अनेक बाटो छन् । ती धर्म पथहरु स्वीकार गर्ने मात्र होइन स्वागत पनि गर्छ । किनभने विभिन्न व्यक्तिगत मागहरुको आवश्यकता जान्दछ, प्रत्येक व्यक्तिको रुचि मानसिक बनावट संस्कारगत झुकावको विविधतालाई सम्झेर हिन्दु धर्म उनीहरुको अनुकूलताअनुसार सबैका लागि पथ प्रशस्त गर्छ ।

यसै कारण हिन्दु धर्म प्रत्येक विविध प्रणालीलाई मात्रै स्वीकार गर्दैन अपितु सबैलाई एउटै सत्यसम्म पुर्‍याउँछ । यो नै हिन्दु धर्मको उदार दृष्टि र सर्वभौमिकताको परिचय हो ।

सर्वधर्म सहिष्णुता शब्दले हिन्दु धर्मको सही अर्थमा चित्रित गर्दैन । वास्तवमा हिन्दु धर्ममा सर्वधर्म स्वीकृत छ । सबै धर्मको प्रेरणा एवं लक्ष्य एक मात्र ईश्वर छ भन्ने कारणले हिन्दु धर्म त्यसलाई पूर्ण स्वीकार छ। हिन्दु धर्म सबै धर्मको एकतालाई मान्दछ, धर्मको नाममा उसको कसैसँग विरोध छैन । हिन्दु धर्मको आत्मामा दूराग्रह संकीर्णता र वैशिष्ट्यताको बोध छैन ।

हिन्दुधर्ममा सर्वधर्म समाहार छ । हिन्दु धर्मको बल केवल यसैमा छ प्रत्येक व्यक्ति आफ्नो-आफ्नो धर्मपथमा इमानदारीपूर्वक श्रद्धा एवं निष्ठा र अडिगपूर्वक चलोस् ।

हिन्दुधर्मको सार्वभौम तत्त्व
आकाशबाट झरेको प्रत्येक पानीको थोपा अन्तत: सागरमा मिसिन्छ त्यस्तै विविध देवी-देवताको पूजा उपासनाको गन्तव्य एउटै हो । सबै धर्मप्रति हिन्दुहरुको मूलभूत दृष्टिकोण नै यही हो । यो दृष्टिकोण वैदिक वाड्गमय जत्तिकै प्राचीन हो। यो उदार भावको घोषणा वेदले सबैभन्दा पहिले एकंसद् विप्रा वहुधा वदन्ती भनिसकेको छ । त्यसपछि हिन्दुधर्मलाई समग्रतामा चित्रित गर्ने ग्रन्थ श्रीमद्भगवद्गगीतामा भगवान श्रीकृष्णले पुन: उद्‌घोष गर्नुभयो- मानिसले जुनजुन भावबाट मेरो आश्रय लिन्छन् म त्यही-त्यही भावबाट ग्रहण गर्छु ।

जति मत त्यति नै पथ ईश्वर एउटै हो र सबै धर्म अन्तत: त्यही लक्ष्यमा पुग्छन् । यो नै सत्य हो हिन्दुधर्मको मूलभूत सिद्धान्त र सार्वभौमिकता ।

कर्म नै हिन्दु धर्मको मूल
सबै मंगलकारी शक्तिलाई एकत्रित गर्नुस् कुन झन्डाको मुनि तपाईं अग्रसर हुनुहुन्छ । त्यस्को प्रवाह नगर्नुस् तपाईंको झण्डाको रङ नीलो/हरियो/रातो/कुनै पनि हुनसक्छ । त्यसको प्रवाह नगर्नुस् बरु सबैलाई मिलाउनुस् र त्यसमा अत्युज्ज्वल सेतो रङ निर्माण गर्नुस् जुन प्रेमको रङ हो । हामीले त कर्म गर्नुपर्छ फल त आफ् से आफ् हुँदै जान्छ । यदि कुनै सरकारी बन्धन हिन्दु राज्य बनाउन बाधक छ भने तपाईंहरुको आत्माशक्तिको सामुन्ने आफ से आफ घुँडा टेक्छ ।

सनातन धर्म/वैदिक धर्म
प्राचीन वाङ्मयमा हिन्दु धर्मको समानार्थी कुनै शब्द पाइँदैन त्यसमा सनातन धर्म/वैदिक धर्मको प्रयोग पाइन्छ । वेद/उपनिषद्‌मा वर्णित सनातन धर्म तथा वैदिक धर्मको ठाउँमा अब हिन्दु धर्म स्वीकृत भइसकेको छ र यो हिन्दु धर्मको प्रयोग पनि पर्याप्त प्राचीन हो । र वर्तमान नेपालीहरुद्वारा स्वीकृत यो शब्दको प्रयोगमा कुनै असंगति छैन । हिन्दु धर्म आज विश्वको प्रमुख जीवन्त धर्महरुमा एक हो र सबैभन्दा धेरै प्राचीन पनि हो । बौद्ध, इसाई एवं इस्लाम धर्मकै जस्तो हिन्दु धर्म कुनै अवतारी पुरुष या धर्माचार्यको शिक्षाद्वारा गठित भएको होइन ।

यसको अस्तित्व कुनै व्यक्ति विशेषको शिक्षाको ऋणि पनि छैन । यो त प्रमाणिक वाङ्‌मय वेदमा आधारित छ । गीताले हिन्दुधर्मको समग्रतामा प्रतिपादित गरेको छ । आधुनिक आध्यात्मिक नेपालको निर्माण भगवतगीताकै आधार हो ।

इस्लाम एवं इसाई धर्मजस्तै हिन्दु धर्म एउटै विचार लिएर हिँड्दैन । यसोभन्दा अझ राम्रो होला हिन्दु धर्म अन्य सबै धर्मद्वारा प्रतिपादित जीवनजगत् सम्बन्धित अन्तरव्यापी अन्तिम सत्यको प्रतिनिधित्व गर्छ । हिन्दु धर्मले कुनै एक धार्मिक सम्प्रदायको कट्टर प्रतिबद्धता र कुनै एक सम्प्रदाय विशेषमा हिँड्ने मानवीय विवशतालाई आग्रह गर्दैन । हिन्दु धर्मले एउटै सत्यको उपलब्धिको विभिन्न उपाय र त्यस्को प्रमाणिकतालाई स्विकृति र आदर गर्छ ।

हिन्दु धर्म र यसको व्यापकता
जबसम्म मानिसले सामाजिक नियमको पालना गरिरहेका हुन्छन् तबसम्म कुनै पनि इष्टदेवता मानेकै कारणले या नास्तिक या अज्ञेयवादी भएकै कारणले पीडित गरिएको छ ? समाजले कसैलाई कुनै सामाजिक नियम भंग गरेको अपराधमा शासित गरोस् तर प्रत्येक मान्छेलाई अति निच, पतित नै किन नहोस् उनीहरुका लागि पनि हिन्दुधर्ममा मोक्षमार्ग कहिल्यै पनि बन्द गरिएको छैन । संसारमै भएका धर्महरुमध्ये हिन्दुधर्म नै यस्तो धर्म हो जहाँ अन्यको तुलनामा एक भाव विशेष बढी हुन्छ । सयकडौं जीवनमा लगातार प्रयत्न गर्नुस् युगौंयुग आफ्नो अन्तर्मनमा खोज्नुस् तैपनि तपाईं यस्तो उदार धार्मिक विचार देख्नु हुन्न तर हिन्दु धर्ममा आध्यात्मिकताको त्यो अनन्त: खानीमा पूर्वदेखि नै हिन्दुधर्ममा अन्तर्निहित छ । हिन्दुहरु संसारको अन्य जातिको तुलनामा अपेक्षाकृत नैतिक आचारमा अत्यधिक उन्नत भएको पाइन्छ ।

जगत्‌गुरु शंकराचार्य र वैदिक सनातन धर्म
आचार्य शंकरले तत्कालीन समयमा सम्पूर्ण भारतमा वैदिक सनातन धर्मको ह्रास, बलहीन र छिन्नभिन्न भएको अवस्थामा हिन्दु वैदिक सनातन धर्मको प्रचार गरे । सम्पूर्ण नकारात्मक विचारलाई केवल हिन्दु धर्मले मात्रै अर्थात् आध्यात्मिक सत्यको मूल आधार केवल सनातन वैदिक धर्मको महाशक्तिले मात्रै रोक्न सक्ने बताए । उनको प्रतिभा अपूर्व थियो साधना अलौकिक उनको तेजस्विता तथा दिव्य ज्ञानको फलस्वरूप हिन्दुधर्म ह्रास हुनुबाट बच्यो । विश्वनाथ मन्दिरको पुन:स्थापना, बद्रीनाथमा नारायणको विग्रह स्थापना, जगन्नाथमा पनि विग्रहको स्थापनालगायत हिन्दु धर्ममा जीवन दिँदै प्रचारमा जुटिरहे । भारतको चारैदिशामा आचार्य शंकरले चार पिठको स्थापना गरे र यही चार किल्लाले आज भारत सुरक्षित छ भने अर्कोतिर हिन्दु धर्मको प्रचार पनि यिनै मठको दायित्वमा आएको छ । आचार्य शंकर पथ, आचार्य शंकरले नै वैदिक धर्म राज्य स्थापना गरेका हुन् ।

पशुपतिनाथ र शंकराचार्य
पशुपतिनाथमा पूजार्चना बन्द भयो हिन्दु धर्मको पूर्ण अवहेलना भइरहेको थियो मन्दिरको पवित्रतालाई नष्ट गरिएको थियो । धर्मविरोधीहरुले मन्दिरभित्र अपवित्र वस्तु फ्याँकेर मन्दिरलाइ भ्रष्ट गरेका थिए ।

आचार्य शंकरले नै आएर मन्दिरमा पूजाको आदेश दिए । देवताको पूजा-वन्दनामा ध्यान मग्न भए र सम्पूर्ण शिष्यको उपस्थितिमा पशुपतिको पूजार्चनामा संलग्न हुँदै जय ध्वनिको दशैदिशामा प्रतिध्वनि गुन्जिएको थियो । नेपालमा हिन्दु जागरणको नवजागरण आयो पशुपतिको जीर्णोद्वार शास्त्रसम्मत पूजा नियमित रुपमा गराउन विद्वान् ब्राह्मण नियुक्त भए । अहिलेसम्म संसारमा जति पनि धर्म प्रचारित भए त्यसमा अधिकांश प्रधान त राजशक्तिको पृष्ठपोषकतामै वृद्धि भएका छन् तर हिन्दु धर्म एकमात्र वैदिक सनातन धर्मको प्रचार त्यसको अपवादमा देखापर्छ ।

आचार्य शंकरको पछाडि सेनाको पदध्वनि थिएन, बन्दुक र गोली पनि थिएन मात्रै वेदध्वनि थियो । मन्त्रोचारण थियो, देव-देवताहरुको भजन-किर्तन थियो ।

अब मुख्य विषय
भारतमा ४ पीठाधीश हुँदा-हुँदै नेपालमा एक अर्को पीठाधीशको आवश्यकता किन भयो ? यो कुरा मनन्‌योग्य छ । नेपालमा कालान्तरमा धार्मिक संकट आउने संकेत देखेरै दूरदर्शी धर्म गुरु शंकराचार्यहरुले नेपालमा पनि धर्म रक्षाका लागि चतराका हाम्रा पुज्य गुरु बालसन्तलाई जगतगुरु शंकराचार्य घोषण गरे । यो संयोग होइन पूर्वनियोजित विधिको विधान हो । अब उहाँमाथि ठूलो दायित्व आएको छ ।

आदि गुरु शंकराचार्यको पथ यात्रामा आफ्नो पथ मिलाउनु र नेपालमा वैदिक सनातन हिन्दु धर्म रक्षाका लागि मुक्तिनाथ पीठाधीश कमलनयनचार्य, कालीबाबालगायत थुप्रै धर्मगुरुलाई समेटेर हिन्दु धर्मको प्रचार गरेर सम्पूर्ण नेपालीलाई जागरुक गरेर हिन्दु राज्य स्थापनाको महान् लक्ष्यमा एकीकृत गर्नु नेतृत्व लिनु नै शंकरपथ हो ।

अहिले निरपेक्षको प्रसारमा राजनीतिक शक्तिको पृष्ठपोषकतामा वृद्धि भएको अवस्थामा जगत्‌गुरु शंकराचार्य बालसन्तज्यूले वैदिक झन्डै उठाउनुस् वेदध्वनि पैदा गर्नुस्, मन्त्रोचारण गराउनुस् वन्दनापाठ गराउनुस् र हिन्दु राष्ट्रका लागि जागरुक गराउनु नै नामअगाडिको यो विशेषण सार्थक रहनेछ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल