Birat Post शनिबार, पुष ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

नयाँदिल्ली,७ पुष ।   भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् ।

नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ ।

म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री ज्याक शिराक सन् १९७६ र १९९८ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि भएका थिए भने सन् १९८०, २००८ र २०१६ मा पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङ, निकोलस सार्कोजी र फ्रान्कोइस ओलान्द मुख्य अतिथि भएका थिए । गत बर्ष उक्त समारोहको प्रमुख आतिथ्यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गरेका थिए।

भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, असैनिक आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबीचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग गरिरहेका छन् ।

सन् १९५० मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भङ्ग गरेको थियो । उक्त दिन भारतमा संविधान लागु भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो । देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा भारतले गणतन्त्र दिवस मनाउँछ ।

गणतन्त्र भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादले पद तथा गोपनीयताको शपथग्रहण गरेको थियो । यद्यपि भारतले धेरै बहसपछि कमनवेल्थ अफ नेशन्समा सहभागी हुने निर्णय गरेको थियो ।

बेलायती साम्राज्यवादी शक्तिद्वारा प्रदर्शन गरिएका भव्य स्वागत कार्यक्रम र उत्सवहरूबाट प्रेरणा लिएर परेड सुरु गरिएको हो । बेलायतीहरूले गर्ने त्यस्ता प्रदर्शनबारे भारतीयहरू पहिले नै परिचित थिए । भारतको क्षमताबारे बाँकी विश्वलाई सन्देश पठाउने लक्ष्यसमेत परेडले राखेको छ ।

सन् १९५० मा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोबाट सुरु गरेर भारतले परेडमा सधैँ एक विदेशी विशिष्ट व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्न थालेको थियो । प्रमुख अतिथिहरूको सूचीले देशको वर्षौंदेखिको कूटनीतिक सम्बन्धलाई पनि झल्काउँछ । रासस

सम्बन्धित

ताजा अपडेट
स्वदेश फर्किए भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले
एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई
कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल