Birat Post सोमबार, पुष ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ पुष / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यसँगै जिम्मेवारिताले मात्रै गुणस्तर वृद्धि हुने बताएका छन् । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षकले कार्यालय समयभरि बसेर इमाान्दारिताका साथ पढाउने, विद्यार्थीले मेहनत गरेर पढ्ने र अभिभावकले विद्यार्थीलाई सधैं विद्यालय पठाउने हो भने गुणस्तर वृद्धि हुने बताए ।

भौतिक संरचनाले मात्रै विद्यालयको गुणस्तर वृद्धि नहुने उनको भनाइ थियो । कोइरालाले महानगरले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । “कक्षा १२ पढिसक्दा एउटा हातमा पढाइको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भयो भने मात्रै काम पाउने अवस्था छ । अब पढाइको सर्टिफिकेटको आधारमा मात्रै रोजगारी पाउने अवस्था छैन,” उनले भने , “त्यही भएर महानगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ ।” सो अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा १६ वर्षदेखि विद्यालयमा अध्यापनरत गीता ढकाललाई सम्मान र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले सम्मान र पुस्कार प्रदान गरे । समाजसेवी मणिकुमार अज्र्यालले आफ्ना बुवाको नाममा स्थापना गरेको गुणगोपाल अज्र्याल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । त्यस्तै समाजसेवी अश्विनी अज्र्याल र बिना अज्र्यालले विद्यालयमा अक्षयकोष स्थापना गर्ने गरी १ लाख नगद प्रदान गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले केही वर्षभित्र विराटनगरकै नमुना विद्यालय बनाउने गरी काम गरिरहेको जानकारी दिए । उनले विद्यालयको आगामी योजनासमेतलाई समेटेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचनामा सुधार गरी मावि बनाउने गरी काम गरिरहेको बताए ।

विद्यालयमा २१५ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा वडाध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशी, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, महानगरको शिक्षा महाशाखाका संयोजक कृष्ण भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
उपनिर्वाचनमा केन्द्रीय नेताहरुको चासो,राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही मंगलबार ग्रामथान आउदै
आठ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल