Birat Post मंगलबार, मंसिर २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ मंसिर । विराटनगर स्थित “मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको बदनामी गरिएको भन्दै कारबाहीको माग गरेको छ । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । “मरेको व्यक्ति जीवित भेटियो” भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको छ ।
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गरेको छ।

अस्पतालले गलत समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमका विरुद्ध न्यायलय जाने चेतावनी दिएका समेत दिएको छ । यद्यपी यो समाचार सामाजिक सन्जालमा भाइरलजस्तै भएको छ । समाचारका कारण आफुहरुले स्थापनाको केही समय नवित्दै समस्या भोग्नुपरेको भन्दै अस्पतालका कार्यकारी निर्देशक सन्तोष मेहताले दु:खेसो पोखे ।

मेहत्ताले सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा मंसिर २३ गते शनिबार उपचारका लागि अस्पतालमा भर्ना भएको र मंसिर २४ गते आइतबार उपचार गर्न नसकेर जीवित व्यक्ति घर फर्केको बताए । सञ्चार माध्यमले विराटनगरको मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको सुनसरी इनरुवाका सदा जीवित भेटियो भन्ने शीर्षकमा समाचार प्रकाशन गरेर अस्पतालको छविलाई बदनाम गर्ने प्रयास गरेको उनको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल