Birat Post सोमबार, मंसिर २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ मंसिर / एविसी नेपालले आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ ।
गत भदौ २४ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र बिऊ पुँजीसमेत वितरण गरिएको थियो । एवीसी नेपालकी अध्यक्ष विष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर कोइरालाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । आफूले सिकेको सीप जीवनभरि रहने उनको भनाइ थियो । आफूसँग भएको सीप कसैले चोरेर र खोसेर लान नसक्ने मेयर कोइरालाले बताए । कार्यक्रममा युएनएफपीए कोशी प्रदेश प्रमुख श्याम थापा, वैधनाथ कर्ण, भिएसओका संयोजक सुनिल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यअन्तर्गत सिलाईबुनाई तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । उनका अनुसार प्रशिक्षार्थीहरुलाई २५ हजार रुपैयाँ बराबरको सिलाई मेसिन र अन्य सामग्री प्रदान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल