Birat Post आइतबार, मंसिर २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ मंसिर /७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाले सचेतनामूलक र्‍याली आयोजना गरेको छ । विराटनगर महानगरपालिकाबाट सुरु भएको र्‍यालीले गोल्छाचोक, जलजलाचोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनसमेत गरिएको थियो । र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानवअधिकार र लैंगिक हिंसाविरुद्धको अभियानलाई दिवसमा मात्रै सीमित राख्न नहुनेमा जोड दिनुभयो । उहाँले सबै सचेत भए लैंगिक हिंसा र मानवअधिकार हनन्का घटनामा कमी आउने बताउनुभयो ।

उमेयर शिल्पा निराला कार्कीले आत्मादेखि नै हिंसा गर्दिन भन्ने प्रण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । कतै हिंसा देखिए त्यसको प्रतिकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी, महानगरका कर्मचारी, माइती नेपाल, ओरेक, नेकपा एस, सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी, साना हातहरु नेपाल, एवीसी नेपाल, महेन्द्र मोरङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसलगायत एक दर्जनभन्दा बढी संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल