Birat Post आइतबार, मंसिर २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, २४ मंसिर ।
७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार यज्ञ शर्मा र इन्सेककी वाग्मता कट्टेललाई सम्मान गरिएको थियो ।

सञ्जाल मोरङ अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ डिसेम्बर १० मा प्रतिपादित भएपछि त्यसैको आधारमा धेरै अन्तर्राष्ट्रिय कानुनहरु निर्माण भएको बताउनुभयो । सो घोषणापत्रमा नागरिक तथा राजनैतिक अधिकारहरु र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु समेटिएको उहाँको भनाइ थियो ।

नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि नागरिक तथा राजनैतिक अधिकारहरु धेरै प्राप्त भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु अहिले पनि प्राप्त गर्न आमनेपालीले संघर्ष गरिरहनु परेको मेयर कोइरालाले बताउनुभयो । खान पाउने र लगाउन पाउने अधिकारबाट धेरै नेपाली अझै पनि वञ्चित रहेकाले तीनै तहको सरकार र मानवअधिकारका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड दिनुभयो ।

मेयर कोइरालाले भन्नुभयो, “बालविवाह, यौनहिंसा, लैंगिक हिंसा, बढ्दो प्रविधिको प्रयोगका कारण सिर्जित लैंगिक हिंंसा र मानसिक समस्यालाई चुनौतीका रुपमा लिई अगाडि बढ्नुको विकल्प छैन ।” कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीसहित गैसस महासंघ कोशी प्रदेश अध्यक्ष लखनलाल मण्डल, मोरङ अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल