उदयपुर, २४ मंसिर ।
उदयपुरको बेलका नगरपालिका ४ बाट २ नाल भरुवा बन्दुक सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ बर्षिया दुर्गा बिश्वकर्मा रहेकी छिन् ।
अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा बिश्वकर्माको घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । घटना सबन्धमा थप अनुसन्धान भईरहेको छ ।