Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२३ मंसिर । धर्मगुरु आचार्य श्री निवासले आफू कुनै पार्टी र व्यक्तिबाट सञ्चालित नरहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले देशमा कसैको राजनीतिक यात्रा सहज हुने गरी मौलिक धर्म संस्कृतिमाथि खेलबाड गर्ने ब्यवस्था र परिवेश आएको टिप्पणी गरे । यस विषयमा चिन्तित हुन जरुरी रहेको उनको भनाई छ ।

दिपावलीका दिनसमेत आफ्नो आँखाको सामू गौहत्या भएको बताउँदै उनले दुर्गा प्रसाईँले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा त्यस घटनाले आफूलाई आक्रोसित बनाएको उनले बताए । आफू धर्म गुरु भएकाले धर्म मासिँदै गरेको हेर्न नसक्ने उनले बताए ।

आफूलाई कुनै पार्टी वा ब्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गरे धर्म गरु बनेर नबस्नेसमेत उनले बताए । उनले भने, ‘कुनै पार्टीको, कुनै व्यक्तिबाट सञ्चालित हो भन्ने पुष्टि गर्नुहुन्छ भने म आजैबाट धर्मगुरुको यो भेष खोलेर ब्यक्तिगत जीवन बाँचेर हिँड्न तयार छु ।’

कतिपयले राष्ट्रिय प्रजातन्त्र पार्टीको र कतिले दुर्गा प्रसाईँको मान्छे भएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । धर्मको रक्षाका लागि केवल उनीहरुले गरेको निमन्त्रणालाई स्वीकार गरेको उनको भनाई छ ।

उनले भने, ‘कहिलेकाहीँ राजेन्द्र लिङ्देनजीलाई धर्मको कुरा गरेको भरमा सघाउँदा मलाई कतिपयले राप्रपाको भन्दिन्छन् । कतिपयले दुर्गा प्रसाईँको अभियानमा निमन्त्रणा स्वीकार गर्दा दुर्गा प्रसाईँको मान्छे भन्दिन्छन् । तर, म धर्म, राष्ट्र, राष्ट्रियता, सभ्यता, गौमाताको रक्षा र धर्म परिवर्तन विरुद्धको विषयलाई लिएर अहोरात्र रक्षक भएर काम गर्दै आएको छु ।’

नेपाल धर्मसापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने र गौहत्या बन्द हुनुपर्ने भन्दै उनले धर्म, संस्कृति र गौरक्षाका लागि आफू निरन्तर लागिरहने बताए । आफूलाई कतिपयले विवादित, विवादास्पद र आतंककारी धर्म गुरुसमेतको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल