Birat Post बिहिबार, मंसिर २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक संकटग्रस्त बन्दै गएको भन्दै अब परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गरिने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले संविधानले नै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै परिवर्तनका लागि जनदबाब आवश्यक भएको बताएका हुन् । उनका अनुसार बैठकले आगामी पुस १, २ र ३ बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु पास गरेको छ ।

देश आर्थिक, सामाजिक, राजनीतिक हिसाबले संकटग्रस्त बन्दै गएको, राजनीतिक नेतृत्वमात्र होइन, व्यवस्थासमेत असफल भएको सन्दर्भमा संविधान काम गर्न नसक्ने अवस्थामा पुगेकाले परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गर्न आन्दोलनको बाटो लिने निर्णय भएको उनले बताए ।

त्यसको कार्ययोजना मस्यौदा प्रस्ताव परिमार्जनसहित पास गरेर केन्द्रीय कार्यसमितिको बैठकमा लाने निर्णय भएको छ । राप्रपाको नियमावली संशोधन र परिमार्जनसहित केन्द्रीय कार्यसमितिमा लाने निर्णय पनि गरिएको जनाइएको छ ।

पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस भव्य तरिकाले उत्सवको रुपमा मनाउने तथा राष्ट्रिय सभाको निर्वाचनमा आवश्यक तयारी गर्न, राजनीतिक विभागका प्रमुख वुद्धिमान तामाङ्लाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल