featured photo: Birat Post
विराटनगर, ११ मंसिर । विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।
पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ । संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले “मोरङ व्यापार संघ एक्सपो ” नाम दिएर प्रदर्शनी आयोजना गर्न लागिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए। रिजालले विगतको भन्दा फरक र आकर्षक स्टलहरू प्रदर्शनीमा राख्ने तयारी गरिएको जानकारी दिए।
रिजालका अनुसार एक्सपोमा आइफिल टावर, किड्सजोन लगायतका आकर्षणहरू हुने छन्। एक्सपो संयोजकको जिम्मेबारी अनिलकुमार साह र सहसंयोजकको जिम्मेबारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् ।
सम्बन्धित