Birat Post सोमबार, मंसिर ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ११ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् । नेपालका पौने तीन करोड जनता गणतन्त्रको पक्षमा रहेका उनको दाबी छ । उनले मुट्ठीभरका ५/१० हजार राजावादीले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा नपर्ने दाबी गरे ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रभन्दा राम्रो व्यवस्था संसारमा अरु कुनै हुन नसक्ने बताए । उनले नेपालका नेताहरुले गणतन्त्रलाई दलतन्त्र, परिवारतन्त्र र भ्रष्टाचारतन्त्रको रुपमा बुझेको बताए ।

नेताहरुले गणतन्त्रलाई बैंकरले शेयर लगानी गरेर डिभिडेन्ट खाएजस्तै छोराछोरी, भाईभतिजालाई व्यवस्थाको डिभिडेन्ट खुवाउन खोज्दा सबैतिर भ्रष्टाचार बढेको उनको दाबी छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले राजनीतिबाट सन्यास लिएको खण्डमा अहिले व्यवस्थामा देखिएको समस्या सबै ठीक हुने उनको दाबी छ । अहिले व्यवस्था संकटमा नभएर नेताहरु संकटमा रहेको उनले बताए । राजनीतिक दलका नेता र दलप्रतिको घृणालाई गणतन्त्रप्रतिको घृणाको रुपमा बुझ्न नहुने उनले बताए ।

‘जसरी बैंकरले शेयर लगानी गरेर डिभिडेन्ट खान्छ, त्यस्तै नेताले देशलाई आफ्नो नीजि सम्पत्ति ठान्यो । मेरो परिवारले डिभिडेन्ट खानुपर्छ, श्रीमती, भाई, छोराछोरी, भतिजाको रुपमा भन्दा सबै ठाउँमा भ्रष्टाचार भयो । सिस्टमलाई कामै गर्न दिएनन्, जनताको कामै हुन सकेन । यी नेताहरु पूर्व प्रधानमन्त्रीहरुले टुंडिखेलमा गएर सन्यास लिनेवित्तिकै यो समस्या समाधान हुन्छ । गणतन्त्र संकटमा छैन, नेताहरु संकटमा छन्,’– उनले भने ।

 

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल