Birat Post आइतबार, मंसिर १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० मंसिर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ ।

क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष देखी काम गर्दै आएको नेपाल क्रिकेट फाउन्डेसनसँगको सहकार्यमा बाउन्डरीले खेलाडीहरूलाई खेल सामाग्री तथा प्रशिक्षण दिने जनाइएको छ । क्रिकेट विथ आउट बाउन्डरीले महिला खेलाडी उत्पादन गर्न दुई वर्ष देखि कोशी प्रदेश र मधेस प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बनिरहेको उनले बताए ।

विराटनगरका ४ वटा विद्यालयमा फाउन्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ । स्वरस्वति, वालिका, महेन्द्र र सत्यनारायण विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण तथा प्रोत्साहन गरिरहेको छ । दुई संस्थाले इटहरी, धरान, धनकुटाका केही विद्यालयहरूमा पनि सहयोग गरिरहेका छन् । २ हप्ता सम्म क्रिकेट विथ आउट बाउन्डरीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल