काठमाडौँ ,९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरुले भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको उल्लेख गरे।
उनले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताए। उनले भारतमा भएका लाखौँ नेपालीहरुलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए। यो भनाइ सार्वजनिक हुनासाथ प्रधानमन्त्री प्रचण्डको सामाजिक सन्जालमा विरोध सुरु भएको छ ।