Birat Post बिहिबार, मंसिर ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,७ मंसिर । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन् ।

ललितपुरको बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको बिरुवा रोपिएको दाबी गरे । ‘हाम्रो युवाहरु बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चाहन्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो । हामीले धेरै खप्यौं । यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा बिद्रोहको विरुवा रोपियो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए । उनले प्रचण्डलाई जनता माझ आउन आग्रह गरे । उनले भने, ‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस् । हिजो यही जनताले पु-याएको हो तपाईलाई ठाउँमा । जनतालाई जिम्मा लगाउनु, अब तपाईहरुले सक्नु भएन ।’

मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनि प्रसाईंले लगाए । ‘यो देशबाट सबैभन्दा बढी सुन तस्करी हुन्छ । यहाँबाट भारत जान्छ, यहाँबाट नक्कली भारतीय रुपैयाँ भारत जान्छ । यहाँ रक्तचन्दन, सुपारी तस्करी हुन्छ, कलकारखाना बन्द हुन्छ, राजाको समयमा हाम्रो देश उद्योग युगमा परिणत भईसकेको थियो,’ उनले भने, ‘तर आज ती उद्योग कारखाना सबै बन्द गराएर युवा जति बाहिर पठाएर यो देशमा रक्सी, चुरोट ल्याएर ट्रेनिङ सेन्टर बनाइयो,  मारवाडीहरुको इसारामा यो देशलाई तस्करीको स्थान बनाइयो ।’

सम्बन्धित

ताजा अपडेट
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ट्रम्पको आप्रवासन नीति : ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल