विराटनगर,३ मंसिर / विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले छठको पूजा गरेकी छन् ।
विराटनगर–११ पिचरास्थित नहरमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई अर्घ दिएकी हुन् ।
उनले हरेक वर्ष छठको ब्रत बस्दै आएकी छन् । पारिवारिक सुख र विराटनगरवासीको कल्याणको कामना गर्दै छठको ब्रत बसेको उपमेयर कार्कीले बताइन् ।