विराटनगर,३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका अवसरमा दण्ड प्रणाम गर्दै अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम सहितको यात्रा हो ।
दण्डप्रणाम यात्राका क्रममा सञ्चारकर्मीहरुसंग बोल्दै पराजुलीले नेपाल सनात हिन्दु राष्ट्र हुनुपर्ने बताए । उनले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा गरेको बताए । हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने उनको भनाइ रहेको छ ।
राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए । ‘ हिजोको मेरो एजेन्डा पनि हो पराजुलिले भने छैठि मातासँग मेरो अहिले पनि प्रार्थना छ । मुलुकमको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको हुँ, मेरो व्यक्तिगत भाकल केहि छैन । ’
विराटनगर ३ स्थित ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै डेढ किलोमिटर दण्ड प्रणाम गर्दै अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए । भोली विहान उदाउदो सूर्यलाई अर्घ दिएर कार्यक्रम समापन गर्ने पराजुलीका स्वकिय सचिव लोकेन्द्र तिम्सिनाले जानकारी दिए ।