Birat Post शनिबार, मंसिर ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मुख्यमन्त्री कार्की शनिबार अस्पताल पुगेका हुन् ।
आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकार ब्योहर्ने जानकारी गराए । कार्कीले भने,“कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रवन्ध संघीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैले संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरेको छु,कार्कीले भने ।

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ । ती सबै झापाको बिएन्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन । मुख्यमन्त्री कार्कीका अनुसार तीन जनाको शल्यक्रिया भएको र अरुको थप उपचार भइरहेको जानकारी दिए ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । ती मध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल