Birat Post सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया खोलाको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको खोलाको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकतामा राखिने बताए ।

विराटनगर महानगरपालिका ,दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुखहरु र स्विस सरकारका प्रतिनिधिहरुसंग भएको छलफलमा मुख्यमन्त्री कार्कीले नमुना योजनाकारुपमा अगाडि वढाउन आवश्यक रहेको बताए ।

छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीका बारेमा जानकारी गराएका थिए । प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाममा काम गर्न सकिने सुब्बाको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडाहरुलाई छुँदै केशलीयानदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जु गाउँपालिकाका १, २, ३ लाई छुन्छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबीनगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल