विराटनगर,१३ कात्तिक । मोरङको बेलबारी नगरपालिकामा घरनजिकको बासको झ्याङबाट माटो निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ।
घर लिप्नका लागि माटो निकल्ने क्रममा आइतबार साँझ माटोको खाल्डोमा नगरपालिका १० को सुनिता राजवंशीलाई ढिस्कोले पुरेको थियो।
प्रहरीका अनुसार करिब २८ वर्षीय राजवंशीलाई माटोले पुरेसँगै संगै रहेकी साथी गीता राजवंशीले खाल्डोबाट निकालेकी थिइन्।
नगरपालिकाको भलुवाईमा भएको सो घटना लगत्तै उद्दार गरिएकी सुनितालाई उपचारका लागि विराटनगरस्थितनोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो।
घाइते अवस्थामा अस्पताल भर्ना गरिएको राजवंशीको बेलुका करिब साढे ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।