विराटनगर,१ कात्तिक । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् ।
विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको बताए । साथै उनले जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ, सरकारलाई समर्थनगरिरहने बताए ।